कृष्णबहादुर महरा पक्राउ पर्नुभयो सरकारलाई धन्यवाद छ : महामन्त्री थापा
काठमाडौं । गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारी संस्थामा भएको रकम हिनामिना बारे निष्पक्ष रुपमा छानबिन गर्न कांग्रेसले सरकारको ध्यानआकर्षण गरेको छ ।
आज सोमबार संसद बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले निष्पक्ष तरिकामा अनुसन्धान नहुने हो कि भन्ने शंका लागेको बताए । ‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ राम्रोसँग अनुसन्धान गरियोस ।’ उनले भने, ‘तर अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?’ उनले सुन तस्कर छानबिन आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न नहुने भन्दै सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए । ‘तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।
’उनले आफ्नोदल वा अन्यदल दोषिरहे जो भएपनि कसैले उन्मुक्ति पाउनु नहुने बताए । उनले भने, ‘दाहिने बस्ने होस कि देब्रे बस्ने होस, नेता होस कि नातापर्ने होस ,रुखको छाहारी मुनि बस्ने होस कि घाम ताप्ने होस, हँसिया हतैडा बक्ने होस कि , घण्टि बोक्नेहोस’ दोषिरहे जो कोहिलाई पनि कारबाहि गर्नुपर्ने बताए ।