होण्डाको नयाँ वर्षको अफर,गाडि खरिद गर्ने ग्राहकलाई नगद छुट
काठमाडौं । होण्डाले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधा सहित स्किम निकालेको छ ।
जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०।४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्रि, एक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट सहित ग्राहकको सुविधालाई ध्यानमा राखि रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ । यो अफर मिति २०८०।१२।१ गते बाट लागु गरिएको छ भने उक्त्त अफर २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ ।