इलाम र बझाङको उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्बजनिक गरेको छ ।

आयोगले फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आज सार्वजनिक गरेको हो । पछिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम–२ मा १ लाख १५ हजार ४६७ मतदाता थिए भने आसन्न उपनिर्वाचनका लागि इलाम सो क्षेत्रमा ४२२ जना मतदाता थप भई १ लाख १५ हजार ८८९ मतदाता कायम भएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै प्रदेशसभातर्फ बझाङ १ (क)मा ६१ हजार ११० मतदाता थिए भने हाल १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् । स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१–०१–१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८ लाख ८६ हजार २२६, पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ गरी कूल १ करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ ।

यस विवरणअनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता ३ लाख ६२ हजार ९७३, पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता ३ लाख ५३० र पुरुष मतदाता ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *