बजाजको ‘नव आरम्भ’ नामक अफर सार्वजनिक
काठमाडौं । बजाज मोटरसाइकलले नयाँ वर्ष, २०८१ को अवसरमा ‘नव आरम्भ’ नामक अफर सार्वजनिक गरेको छ । बजाज नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले अफरमा ग्राहकलाई विभिन्न आकर्षक छुट, उपहार एवं सुविधा दिने बताएको छ । बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउने कम्पनीले जनाएको छ ।
यसबाहेक विजेताले एक लाख रुपैयाँसम्मको नगद उपहारसमेत जित्न सक्नेछन् । ग्राहकले ३६ महिनाको ईएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् । यस्तै, ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकसँग उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नयाँ वर्षको अवसरमा ग्राहकका लागि यो अफर योजना सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।