हिमालयन बैंकको सीईओमा पुनः राणा
काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः अशोक शमशेर राणाले निरन्तरता पाएका छन् ।
गएको चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकबाट राणालाई नै सीईओको जिम्मेवारी दिने निर्णय गरिएको हो । उनको दोस्रो कार्यकाल वैशाख ९ गतेदेखि सुरु भएको बैंकले जानकारी गराएको छ । राणा यसअघि हिमालयन बैंकमा नै सीईओ थिए ।