प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन
काठमाडौं । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको सदस्यहरूमा सञ्चालकहरूको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघसंस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।