एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारी बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ । उपाध्यक्ष बेदुराम भुसालले वरिष्ठ नेता सहित जम्बो पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार, उपाध्यक्ष र सचिव ७,७ जना हुनेछन् । उपमहासचिव ४ जना बनाउने प्रस्ताव गरिएको छ । अहिले एकीकृत समाजवादीमा तीन जना उपमहासचिव छन् । तर विधान संशोधन गरी थप एक जना उपमहासचिव थप गर्ने प्रस्ताव गरिएको छ ।

यसरी अध्यक्ष र महासचिव जोड्दा २१ सदस्य हुनेछ । अहिले अभ्यासमा रहेको सम्मानित नेताको व्यवस्था भने हटाइएको छ । नेकपा एमालेबाट अलग भएर पार्टी बन्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेताको पद दिइएको छ । केन्द्रीय समितिको संख्या चाहिँ घटाउने प्रस्ताव गरिएको छ । संशोधित विधान बमोजिम १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ भने २५ सदस्यीय स्थायी कमिटी बन्नेछ । एकीकृत समाजवादीमा अहिले साढे तीन सय हाराहारी केन्द्रीय सदस्य छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *