माइतीघर पुगेर शिक्षामन्त्रीले भेटे नेत्र चापागाईँ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माइतीघरमा एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँलाई भेटेका छन् ।
‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका चापागाईँलाई शिक्षामन्त्री श्रेष्ठले आइतबार बिहान माइतीघर पुगेर भेटेका हुन् ।
मन्त्री श्रेष्ठले भेटमा उनको माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए । ‘यो विषय हामीले पनि उठाएको विषय हो । यो निकै महत्वपूर्ण छ र शिक्षा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ,’ उनले भने ।