कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैं
काठमाडौं । नेपाली कांग्रेसले भोलि (सोमबार) संसदीय दलको बैठक बिहान साढे ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा तय भएको हो । भोलि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।
तर, सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए । यता, आजै आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका छन् ।