सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।

धनुषा जिल्ला अदालतले थुनछेकको बहस सकिएपछि तीन दिनका लागि म्याद थप गरिएको हो । नागरिकतासम्बन्धी मुद्दामा मंगलबार कार्यकक्षबाट गिरफ्तार गरिएका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको थियो ।

प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *