अध्यक्ष सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बारको आपत्ति

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।

कान्तिपुर कार्यालयलाई घेरा हालेर भित्र प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको भन्दै बारले लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ नागरिकता सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको कारण देखाएर सिरोहियालाई पक्राउ गरेको थियो ।

सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन काठमाडौंबाट उनी पक्राउ परेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *