प्रहरीको ११ करोडको ट्रयाक सुट खरिद नियमसम्मत देखिएन ः महालेखा

काठमाडौं । नेपाल प्रहरी कर्मचारीको ट्रयाक सुट खरिद प्रक्रिया नियमसम्मत नदेखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले ०७९ मंसिर १५ गते सम्झौता गरेर किनेको ११ करोड २९ लाख ५४ हजार रुपैयाँबराबरको ट्रयाक सुट खरिद नियमसम्मत नभएको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

ट्रयाक सुट दरबन्दीको विवरणबिना खरिद गरिएको जनाइएको छ । त्यसरी खरिद गर्दा नियमावली संशोधन गर्नुपर्नेमा नगरी खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *