जगदम्बा मोटर्सको ‘च्याम्पियन्स एक्सचेन्ज’सार्वजनिक
काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै जेठ १४ देखि १९ गतेसम्मका लागि अभियान ल्याएको हो । ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस–भीआई, राइड मोडहरू र जीटीटी जस्ता नवीनतम् प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्दछ ।
यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने बताइएको छ । सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा ६ हजारसम्मको क्यास छुट पाइनेछ । साथै, पूरानो मोटरसाइकलमा ६ हजारसम्मको थप मूल्यांकन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम तीन हजार ९ सय ९९ रुपैयाँ प्रतिमहिनाको ईएमआई पनि उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्यागलगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् । जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरू रहेका छन् ।