सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीमार्फत सञ्चालन गरिने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीमार्फत संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । उनले यसका लागि निजी क्षेत्रको भूमिका बढाउने रणनीति सार्वजनिक गरेका छन् । सार्वजनिक संस्थानलाई एकीकृत रूपमा होल्डिङ कम्पनीमार्फत सञ्चालन गर्न कानुनी व्यवस्था मिलाइनेछ, अर्थमन्त्री पुनले भने, सार्वजनिक संस्थानको जग्गा र चारकिल्ला एकीन गरी सम्पत्ति संरक्षण गरिनेछ ।

उनले सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिने र रोजगारी र उत्पादनमा योगदान गर्ने आधारमा बन्द उद्योग सञ्चालन गरिने बताए । सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिनेछ । उत्पादन र रोजगारीलाई योगदान गर्नसक्ने रुग्ण उद्योग निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालनमा ल्याइनेछ, अर्थमन्त्री पुनले भने, निजी क्षेत्रका रुग्ण उद्योग सञ्चालन गर्न सहजीकरण गरिनेछ । उनले बन्द अवस्थामा रहेका विराटनगर जुटमिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने पनि घोषण गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *