मधेस सरकार गठनबारे कुनै सहमतिमा छैनौँ ः एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेशको नेतृत्व जनमत पार्टीलाई दिने विषयमा कुनै सहमति नगरेको जनाएको छ । मधेस प्रदेशका सचेतक कनिश पटेलले पार्टीले सहमति नगरेको भन्दै एमाले–माओवादीले स्टन्ट गरेको आरोप लगाए । मधेस प्रदेश सरकारका विषयमा हामीले कुनै सहमति गरेका छैनौँ ।

हाम्रो सहमति भनेर स्टन्ट गरियो । यसअघि नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले पाँच दलबीच जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको जानकारी दिएका थिए । उनले एमाले, नेकपा (माओवादी), जनमत, एकीकृत समाजवादी र जनमतबीच सरकार बनाउने सहमति भएको बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *