आईजीआई प्रुडेन्सियलको बीमितलाई दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ वैशाख मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्पर्कमा नआएपछि बीमितलाई आवश्यक कागजातसहित २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको हो ।

कम्पनीका अनुसार तोकिएको समयभित्र सम्पर्क गरी दाबी भुक्तानीको प्रक्रिया अघि नबढाएमा बीमा दाबीको फाइल बन्द गरिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *