शुभकामना साकोसद्वारा २४ औं स्थापना दिवसमा विविध कार्यक्रम

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २४ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संंस्थाको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन नासमना सेवा केन्द व्यवस्थापन उपसमितिको समन्वयमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र हार्ट एण्ड डाईबेटिक सेन्टरको प्राविधिक सहयोगमा रक्तदान तथा सुगर परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए भने ७२ जनाले सुगर परीक्षण गराएको संस्थाले जनाएको छ । संस्थाले २४औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन बाल बचतकर्ताहरुलाई अवलोकन भ्रमण गराएको छ ।

उक्त अवलोकन भ्रमणमा ६८ जना बालबालिका सहित ८१ जनाले नारायणहिटी राजदरवार संग्रहालयको अबलोकन तथा बालाजु २२ धाराको भ्रमण गरेका थिए । त्यसैगरी शाताव्यापी कार्यक्रमको छैटौं दिन महिला स्वास्थ्य (रजनोवृत्ति) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ । सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सहजीकरणमा व्यासी सेवा केन्द्र कार्यालयमा महिला स्वास्थ्य (रजनोवृत्ति) सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा महिला सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी साताव्यापी कार्यक्रम समापन गर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *