नबिल बैंक र एसपीजी अटोमोबाइल्स साझेदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लिसँग सवारीसाधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ । उक्त सम्झौताअन्तर्गत ओमोडाको जुनै पनि विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउनेछ । ग्राहकले देशभर रहेका ओमोडा सोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत् सजिलै फाइनान्सिङको सुविधा लिन सक्नेछन् । यो सहकार्यमार्फत् ओमोडाका ईभीहरू (विद्युतीय सवारीसाधन ) खरिद गर्न चाहने ग्राहकहरूलाई वित्तीय सहजता उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सम्झौताअनुसार, ग्राहकले नबिल बैंकका सबै शाखाबाट पाँच वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशत को निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गर्न सक्नेछन् । २० प्रतिशत डाउन पेमेन्ट गरी सजिलै ओमोडाको कुनै पनि गाडीको खरिद गर्न सकिनेछ । यो सुविधा ओमोडाको राष्ट्रव्यापी डिलर नेटवर्कभरी उपलब्ध हुनेछ । भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, वीरगञ्ज, नारायणघाट, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र पोखराका डिलर नेटवर्कमा यो सुविधा उपलब्ध गराइनेछ । एसपीजी अटोमोबाइल्सले ब्रान्डको पछिल्लो ईभी ओमोडा ई फाइभ गाडी ६१ लाख ९९ हजार तथा ६२ लाख ४९ हजार (डुअल टोन) को प्रि बजेट मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । गत फेब्रुअरीमा सार्वजनिक भएदेखि नै नेपालमा ईभीहरूमध्ये उत्कृष्ट रोजाई रहेको यो एसयूभीले ४३० किमी रेन्ज, १८० मिली ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावरको साथ नेपाली जीवनशैली र भौगोलिक आवश्यकता पनि पूरा गर्दछ । ओमोडा ई फाइभमा लेभल २।५ एडास प्रणाली भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *