सिटिजन्स बैंक र शुभ स्वस्तिक हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र शुभ स्वस्तिक हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले शुभ स्वस्तिक हस्पिटलका सेवामा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *