मुख्यसचिव अर्यालसहित सरकारका उच्च पदस्थहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । मुख्यसचिव बैकुण्ठ अर्यालसहित सरकारी केही उच्च पदस्थहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अर्याल सञ्चार मन्त्रालयका सचिव छँदा भएको अन्तःशुल्क स्टिकर घोटाला प्रकरणमा उनलाई दोषी किटान गरी मुद्दा चलाउन लागिएको हो। उक्त फाइल विशेष अदालत पठाइएको खबर आएको छ । अर्याल अख्तियारले मुद्दा दर्ता गरे लगत्तै निलम्वनमा पर्नेछन् । यस प्रकरणमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाइएको छ। उनी हाल मन्त्रालयको बजेट महाशाखा प्रमुख छन् । शाक्य आन्तरिक राजश्व विभागका महानिर्देशक हुँदा अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

मुख्यसचिव अर्यालमाथि अन्य भ्रष्टाचार प्रकरणमा पनि अनुसन्धान भइरहेको खबर प्राप्त भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *