महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सांसद कार्कीद्वारा ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेकी छन् ।
आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले देशभरिका सरकारी र निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गर्ने माग गरेकी हुन् । ‘देशैभरिका महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्नका लागि देशभरिका सरकारी र निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गरियोस्,’ उनले सरकारको ध्यानाकर्षण गरिन् ।
उनले सुत्केरी र गर्भवती महिला कर्मचारी श्रम हकमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।