अहिले बैंक तथा वित्तीय क्षेत्र ठूलो दबाबमा रहेको छ, अब भर मौद्रिक नीतिकै छ ः अध्यक्ष केसी

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले बैंक तथा वित्तीय क्षेत्र ठूलो दबाबमा रहेको बताएका छन् । ‘बजेटपछि अब धेरैको आशा र भरोसा मौद्रिक नीतिमा नै छ, अर्थतन्त्रको खम्बा भएपनि बैंकिङ क्षेत्र केही दबाब छ, यो दबाब कम गर्न सबैको सहकार्य आवश्यक पर्छ,’ उनले भने । बैंक तथा वित्तीय क्षेत्रले अर्बौं नाफा गरे भने बजारमा हल्ला भएपनि वास्तविक त्यस्तो नभएको उनको भनाइ छ । पछिल्लो समय बैंकको रिटर्न अन इक्विटी (आरओई) र वितरणयोग्य नाफा पनि घढ्दै गइरहेको जानकारी उनले गराए । यो अवस्थामा करोडौं नेपालीको निक्षेपलाई जोगाएर व्यवसाय गर्नु पर्ने चुनौती रहेको धारणा उनको छ ।

‘निर्माण क्षेत्र समस्या परेको छ, यो क्षेत्रले अर्थतन्त्र चलायमान गर्ने भएकाले त्यो क्षेत्रलाई सम्बोधन हुनेगरी मौद्रिक नीति आउनुपर्छ । यस्तै, उनले अब दीर्घकालीन बण्ड जारी गरेर भएपनि समस्या समाधान गर्नु पर्ने धारणा राखे । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा राष्ट्र बैंकले नीतिगत व्यवस्थामार्फत् आफ्नो अब्बलता र कौशलता देखाएको जानकारी गराउँदै अझै पनि राष्ट्र बैंकले नीतिगत व्यवस्थामार्फत् बजार चलायमान बनाउनु पर्ने उनको धारणा छ । विगत एक ,दुई बर्षदेखि खराब कर्जा बढेको पक्कै हो । तर, बैंकहरूले जथाभावी ऋण दिएर मात्रै खराब कर्जा बढेको होइन, सबैभन्दा धेरै पारदर्शी र नियमन भएको क्षेत्र बैंकिङ क्षेत्र हो । तर, बजारमा बैंकिङ क्षेत्रको विषयमा अनेक आरोप लगाउनु गलत हो । यस्तै, उनले बैंक तथा वित्तीय संस्थाले अब ग्रिन फाइनान्समा जोड दिनु पर्ने धारणा राखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *