हुन्डाईको नयाँ ईभी इन्स्टर सार्वजनिक

काठमाडौं । दक्षिण कोरियाली अटो ब्रान्ड हुन्डाई मोटरले नयाँ विद्युतीय गाडी इन्स्टर सार्वजनिक गरेको छ । हुन्डाई मोटर कम्पनीले बिहीबार बुसान इन्टरनेसनल मोबिलिटी सोमा ए–सेगमेन्टको सब–कम्प्याक्ट ईभी इन्स्टर १ सार्वजनिक गरेको हो । यो गाडी स्ट्यान्डर्ड ११४ किलोमिटर प्रतिघण्टाको अधिकतम गति र लङ रेन्ज १५० किलोमिटर प्रतिघन्टाको अधिकतम गति गरी दुई भेरियन्टमा उपलब्ध छ । जुन ४२ किलोवाटआवर र ४९ किलोवाटआवर ब्याट्री विकल्पमा उपलब्ध छन् । स्ट्यान्डर्डमा ७१.१ किलोवाट र लङ रेन्जमा ८४.५ किलोवाट क्षमताको मोटर छ ।

स्ट्यान्डर्ड भेरियन्टले ३०० किलोमिटर र लङ रेन्जले ३५५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । एसी चार्जरबाट स्ट्यान्डर्ड भेरियन्टको गाडी ४ घन्टामा र लङ रेन्ज ४ घन्टा ३५ मिनेटमा फुलचार्ज हुन्छ । फास्ट चार्जरबाट भने ३० मिनेटमै १० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । कोरियामा बिहीबार सार्वजनिक भएको गाडी नेपालमा कहिले भित्रिन्छ भन्ने जानकारी भने आधिकारीक वितरक लक्ष्मी इन्टरनकन्टिनेन्टलले जानकारी दिइसकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *