प्रधानमन्त्री प्रचण्डलाई एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले सम्हालेका आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्तासँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरू संयुक्त रूपमा राजीनामा दिएका थिए । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् । एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए ।

बुधबार साँझ नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *