साथीहरुले चर्चा गरेर भएन नि, मेरो आफ्नै रुचि छैन ः सिटौला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउने सहमति गरेको बेला नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा जान आफ्नो रुचि नभएको बताएका छन् । पार्टीको नेतृत्व गरेर सरकारमा कसलाई पठाउछ भन्ने जिज्ञासा भइरहेका बेला सिटौलाले आफ्नो रुचि नरहेको बताएका हुन् । अब बन्ने सरकारमा जाने मेरो रुचि छैन। अरु साथीहरुले चर्चा गरेर भएन नि, मेरो आफ्नै रुचि छैन ।

विचार त पहिले मेरै बन्नुपर्छ नि, होइन र ?, राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता रहेका सिटौलाले सरकारलाई बाहिरबाटै सहयोग गर्ने बताए । उनले एमाले अध्यक्ष ओलीसँगको सम्बन्धका कारण आफूले सरकारमा जान्न नभनेको पनि बताए । ओलीजीको नेतृत्वमा बन्ने सरकारलाई मेरो पूर्ण सहयोग हुन्छ । सैद्धान्तिक,राजनीतिक, सहयोग मेरो तर्फबाट गर्ने सबै सहयोग हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *