सीजी मोबाइल्स्को नेपालमा नथिङको सीएमएफ फोन, बड्स र वाच सार्वजनिक
काठमाडौं । सीजी मोबाइल्स्ले नेपालमा नथिङ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गरेको छ । जसमा नथिङ सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र सीएमएफ वाच प्रो २ रहेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यी नयाँ उत्पादन सार्वजनिक गरेको हो । सीएमएफ फोन १ मा मिडियाटेक डाइमेन्सिटी ७३०० फाईभजी चिप छ । फोनमा ५० मेगापिक्सेलको मुख्य र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । आठ जीबी र्यामलाई आठ जीबी बढाएर १६ जीबी पुर्याउन सकिन्छ । फोनको स्टोरेज दुई टेरबाइटसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । फोनमा १२० हर्जको रिफ्रेश रेट र दुई हजार निट्सको पिक ब्राइटेनेस छ । नथिङको सीएमएफ फोन १ मा पाँच हजार एमएएच ब्याट्री छ । त्यस्तै, सीजीले नथिङ फोनको नेपाल ब्रान्ड एम्बेसडरमा प्रदीप खड्कालाई नियुक्त गरेको छ । कार्यक्रममा सीजीका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले नेपालमा नाथिङ र सीएमएफ सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भारतमा केही अघि ४५ मिनेटमा ४५ हजार सेल भएको बताउँदै नेपालमा पनि आजैदेखि फोन देशभर उपलब्ध हुने बताए । उनले सुपथ मूल्यमा ग्लोबल लेभलको प्रोडक्ट नेपालमा उपलब्ध गराउन चाहेको बताए । सीएमएफ फोन १ को आठ जीबी र्याम र १२८ जीबी भेरियन्टको मूल्य ४५ हजार ९९९ छ । १२ जीबी र्याम र २२८ जीबी भेरियन्टको मूल्य ४१ हजार ४९९ रुपैयाँ छ । सीएमएफ फोन २ को आठ जीबी र्याम र १२८ जीबी भेरियन्टको मूल्य हजार ९९९ छ । १२ जीबी र्याम र २२८ जीबी भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ छ । आगामी तीन दिनसम्म सीजी डिजिटलबाट खरिद गर्दा एक हजार रुपैयाँ छुट छ । दराज अनलाइनबाट खरिद गर्दा पनि ५०० रुपैयाँ छुट र अन्य भौचर मिल्ने कम्पनीले जनाएको छ ।
यो बड्सले ४५ घण्टा चार्ज टिक्ने कम्पनीले जनाएको छ । १० मिनेट चार्ज गर्दा यसले सात घण्टाको प्लेब्याक दिने कम्पनीको भनाइ छ । च्याट जीपीटी समेत सपोर्ट गर्ने यो बड्समा आईपी ५५ वाटर एन्ड डस्ट रेसिस्टेन्स छ । बडस् प्रो २ मा स्मार्ट एक्टिभ नोइज क्यान्सिलेसन प्रविधि छ । यो बड्स चार रङमा उपलब्ध छ । यो स्मार्ट वाचमा १.३२ इन्चको अमोलेड डिस्प्ले छ । जसमा ६० एफपीएस रिफ्रेश रेट र ६२० निट्सको ब्राइट्नेस छ । एक हजार बढी वाच फेसस रहेको घडीले हार्ट रेट, निन्द्रा, स्ट्रेस र अक्सिजनको मापन गर्छ । घडीमा मल्टिसिस्टम जीपीएस रहेको कम्पनीले जनाएको छ । ११ दिन चार्ज टिक्ने घडीमा १२० स्पोर्ट मोड छन् । ब्लुटुथ कलदेखि घडीमा गेस्चर कन्ट्रोल सिस्टम रहेको छ । घडी चार रङ अप्सनमा उपलब्ध छ ।बड्स र वाच नेपालमा अहिले उपलब्ध भइनसकेको कम्पनीले जनाएको छ । यो सबै प्रोडक्ट्स सिजी डिजिटल र दराजबाट तथा अन्य अफलाइन स्टोरबाट देशभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।