डान्स बार, दोहोरी र नाइट क्लबलाई राजस्व बुझाउन ताकेता

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा स्थापना भएर सञ्चालन रहेका डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न काठमाडौँ महानगरपालिकाले ताकेता गरेको छ ।

काठमाडौँ क्षेत्रमा सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको छ । बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन महानगरले पटक पटक लिखित फोन तथा मौखिक जानकारी गराउँदा पनि सञ्चालनमा रहेका डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूले बेवास्ता गर्ने गरेको भन्दैले ३५ दिनभित्र मनोरञ्जन कर बुझाउन सूचना जारी गरेको छ ।

उक्त अवधिभित्र कर दाखिला नगरे नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत सूचनाद्वारा जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *