नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगियो

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ ।

एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो । जसअनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रियसभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी रहने भएका छन् ।

नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान शपथ लिने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *