अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ ।
सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलिले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो ।
अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ । साथै हालसम्म अर्जेन्टिनाले सबैभन्दा बढी कुल १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।