बागमतीमा एमाले-कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने
काठमाडौं । बागमती प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् आज बिहान एमाले कांग्रेस बागमतीका शीर्ष नेताहरुबीच भएको छलफलमा उक्त सहमति भएको हो ।
आज मंगलबार बिहान एमाले र कांग्रेस बागमती प्रदेशका शीर्ष नेताहरुबीच प्रदेशको बाँकी रहेको ४० महिनाको अवधिमा आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । पहिलो कार्यकाल लामाको नेतृत्वमा ७ मन्त्री कांग्रेसले लिने र ६ मन्त्री एमालेले लिने सहमति भएको छ ।
लामापछि एमाले संसदीय दलका नेता थपलियाले मुख्यमन्त्री पाउने सहमति भएको छ । सहमतिमा मुख्यमन्त्रीपछिको दुईवटा शक्तिशाली मन्त्रालयको बाँडफाँट परिवर्तन गरिएको छ । पहिलेको सहमतिमा आर्थिक मामिला मन्त्रालय एमाले र भौतिक मन्त्रालय कांग्रेसले लिने सहमति थियो । तर, अब मुख्यमन्त्री पाउने दलले अर्थ मन्त्रालय पाउने भएको छ । यो सहमति थपलियाको कार्यकालमा पनि लागू हुने सहमतिमा उल्लेख छ ।