सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट भएको हो । कम्पनीको एफपीओ आवेदन दिएकामध्ये चार हजार ६७२ जनालाई १० कित्ताका दरले प्राप्त गरेका छन् भने १५ लाख ६३ ५८ हजार ६५० जनको हात खाली भएको छ ।
एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन परेको थियो । जसमध्ये १ हजार १०१ आवेदन रद्द भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी दिएको छ । कुल १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएको थियो । जसका आधारमा साढे चार हजारले एफपीओ प्रप्त गर्दा साढे १५ लाखको हात खाली भएको छ ।एफपीओ प्राप्त गर्ने चार हजार ६७२ जनामध्ये ९ जनाले थप १ कित्ताका दरले प्राप्त गर्न सफल भएका छन् । योसँगै ९ जना आवेदकले ११ कित्ताका दरले एफपीओ प्राप्त गर्न सफल भएका हुन् । लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको थियो ।