निलम्बित महामन्त्री ढकालले लगाए सभापति लामिछानेलाई ‘ठग र अपराधी’को आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का निलम्बित महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेलाई ‘ठग र अपराधी’को आरोप लगाएका छन् । ठग, भ्रष्टाचारी र अपराधीको पञ्जाबाट पार्टीलाई जोगाउने आफ्नो लडाइँ भएको समेत उनले बताएका छन् ।
पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो । शुक्रबार स्पष्टीकरण दिँदै ढकालले लामिछानेलाई भ्रष्टाचारी, राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गरिछाड्ने चेतावनी दिएका छन् । राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छ’ स्पष्टीकरण बुझाउँदै उनले भनेका छन् ।
सभापति लामिछनेले पार्टीमा गरेको कुकर्मको पर्दाफास गर्नु आफ्नो कर्तव्य भएको समेत ढकालले उल्लेख गरेका छन् ।