मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको थियो । साथै १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पतालमा पठाएको उनले बताए ।

शुक्रबार तनहुँस्थित मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको थियो । पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको थियो ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *