कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ । गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो । आजको बैठकमा दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गरिने नेताहरूले जनाएका छन् । यसअघि शनिबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको थियो ।

वर्तमान पदाधिकारीसँगै पूर्वपदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन सकेको थिएन । केही दिनयता जारी केन्द्रीय समितिको बैठकमा विभिन्न प्रतिवेदनलगायत ११ एजेण्डाहरूमाथि छलफल भइरहेको छ । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *