ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक
काठमाण्डौं । तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले प्यारिस पारालिम्पिक्समा काँस्य पदक जित्दै इतिहास रचेकी छन्। महिलातर्फको ५७ केजी तौल समूहमा उनले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई पराजित गर्दै कास्य जितेर इतिहास रचेकी हुन्। नेपालले ओलिम्पिक्समा ५७ वर्षपछि र प्यारिस पारालिम्पिक्समा १० वर्ष देखि खेल्न थालेपनि यत्तिको ठुलो पदक हात पारेको थिएन। यसअघि सन् २०२४ मा उनी एशिया छनोटमा स्वर्ण पदक जित्दै पेरिस प्यारालिम्पिक्समा छनोट भएकी थिइन्। नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलाडीले ओलिम्पिकमा पदक जित्न सकेका थिएनन्।
उनी दुईवटा विश्व पारा तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्। पलेसाको कास्य पदक नै ६० वर्षको नेपालको ओलम्पिक इतिहासमा पहिलो पदक हो। नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलाडीले ओलिम्पिकमा पदक जित्न सकेका थिएनन्। सन् १९६४ मा जापानको टोकियोबाट ओलम्पिक यात्राको सुरुवात गरेको नेपालले झन्डै ६० वर्षपछि पहिलो पटक पदक हात पारेको हो।