भविष्य साकोस१५ ओैं साधारणसभाको शुभकामना ।।

आजमैले पोखि रहें
दिलको भावना
१५ ओेैं वर्ष प्रवेशको
शुभकामना । १

रंगिचगि खुसियालि
साझा हो भकारी
सबकालागि प्यारो बनोस
हाम्रो सहकारी ।२

दिलखुसि बनाई हिड
नेत्रृत्का धनी
धत्याङ धुतुङ गर्नु हुन्न
देखावटि बनी ।३

राम्रो बनि हामि हिडछौ
सोच बिचार छकि छैन
मनको भाव तितर बितर
मान्य हुने होकि हैन ।४

उनकै पैशा उन्कालागि
मालिक मात्र हामि
शेयर साथि सञ्चालक
गरौ कुराकानि ।५

कता कता लाग्छ मलाई
बैेरी पो बन्छौंकि
अहमताको ज्ञानले छोप्दा
त्यसै पो भन्छौकि ।६

हाम्रा सोचका कुरा अब
बदलिदैं गयो
जनतनको माया मान्य
हुनुपर्ने भयो ।७

नेतृत्वका पङति हामी
एक हुनु पर्छ
संघारमा डुब्यौं भने
नत्र रुनु पर्छ ।८

जेछ सोच जनताको
त्यहि मान्नु पर्छ
उनका द्रव्य उनैलाई
दिन जान्नु पर्छ ।९

बहार बोकि बोकि हामि
अडनु छ सदैव
हामिलाई दया गर्ने
उनै हुन दैव ।१०

लोकहितमा जानु पर्छ
अडिग लिनु हुन्न
न्याय द्रब्य हाम्रै साथमा
भन्नू हुदैं छुन्न ।११

बिस्वाशघात भयो भने
संझि पोल्छ हाम्रो छाति
कपटिको पासा खेल्दा
दया हुन्न हामि माथि ।१२

होस गरौ अब साथि
चर्चा न चुलि राछ
वैर भावको आवाजले
फालौकि निल्नु भाछ ।१३

जसो भन्छन जनहरु
वुझदै जानु पर्छ
आवाजका भाव जादां
हरेश खानु पर्छ ।।१४

सधै रहोस दिलमा सार
मेरो भावना
सहकारि मान्यताको
शुभकामना ।।१५

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *