डिजिटल लाइसेन्स सञ्चालनमा
काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई औपचारिक रूपमा मान्यता दिएको छ । यससँगै ट्राफिक प्रहरीले नागरिक एपमा रहने लाइसेन्स नै चेक जाँच गर्ने भएको छ । यसका लागि वाग्मती प्रदेशको श्रम, रोजगार, तथा यातायात मन्त्रालयले ट्राफिक प्रहरीलाई स्मार्टफोन उपलब्ध गराएको छ । शुक्रबार सिंहदरबारस्थित संघीय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा स्मार्टफोन हस्तान्तरण गरिएको हो ।
संघीय भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई फोन हस्तान्तरण गरे । अब नागरिक एपकै लाइसेन्स देखाउन सकिनेछ । ट्राफिकले सोही चेक गरी जरिवाना भए अनलाइनबाट तिर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ । एकपटक कारबाहीमा परेको जरिवाना तिरेपछि मात्र दोस्रोपटक नियम उल्लंघन गर्दा नागरिक एपको क्यूआर देखिने छ । ट्राफिक प्रहरीले तत्काल एक हजार र थप तीन हजार फोन चाहिने बताएको छ । फोनमा रहने एपले अनलाइन र अफलाइन दुवै अवस्थामा काम गर्छ ।