सानिमा रिलायन्सको साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शंखमूलको अनमोल बैंक्वेटमा सभा सम्पन्न भएको हो । उक्त सभाबाट आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

यसका साथै आर्थिक वर्ष २०७९।०८० को लेखा परीक्षण, वासलत, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित हुनुका साथै एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरण पनि पारित भएको कम्पनीले जनाएको छ । भदौ ३१ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आज बुधबारका लागि वार्षिक साधारणसभा बोलाएको थियो । यसका साथै १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने पनि घोषणा कम्पनीले गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *