प्राइम कमर्सियलको वितरणयोग्य नाफा पौने २ अर्ब

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा ११ प्रतिशत बढीले बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड रुपैयाँ छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको ईपीएस २५.५५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६६.११ रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात पनि बढेको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत छ । तीन महिनाको अवधिमा बैंकको जगेडा कोषसँगै निक्षेप र कर्जामा पनि वृद्धि भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *