रास्वपाका नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न महामन्त्री शर्माको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको झहसाई नगर्न सुझाव दिएका हुन् । उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कार्वाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोधु भन्नू संसदीय समिति र संसदकै अपमान भएको बताएका छन् ।

उनले भनेका छन्

काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं । स्पष्ट हौं, दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो !

रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-`प्रचलित कानुन बमोजिम कार्वाही गर्नु´ । तर प्रक्रिया शुरुभएपछि- `राजनैतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ? प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ? `अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन´ एक मित्रको अभिव्यक्ति सम्झन्छु ।

निस्चयनै `लोभ र डर´ले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ !

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *