सुनको मुल्यमा नयाँ किर्तिमान, तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १४ सयले बढेर तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *