इङल्याण्डका लुक बेनकेनस्टिन एनपीएलमा चितवन राइनोजबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले इङल्याण्डको यु-१९ टिमका लुक बेनकेनस्टिनलाई भित्र्याएको छ ।

१९ बर्षिय अलराउन्डर लुकलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको हो । लुक चितवनले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि चितवन राइनोजले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्जलाई अनुबन्ध गरेको थियो ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *