सनलाइफ क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु, युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ । धितोपत्र बोर्डको समन्वयमा देशव्यापिरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आयोजना भईरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटलले कार्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यक्तित्वहरुको सहभागितामा बनेपाको होटल उग्रचण्डिमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपालि धितोपत्र बजारको पृष्ठभुमि, नेपालि धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभुत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामुहिक लगानिकोष र योजना सम्बन्धि बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धि विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तर्क्रिया गरिएको थियो ।

साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा सनलाइफ क्यापिटलले कार्तिक ११ गते एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुल गल्कोपाखा,काठमाण्डौंमा धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सनलाइफ क्यापिटल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो । जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *