अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिको बैठकमा भएको छलफलमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार कन्ट्रोल गर्न सबैको सहयोग चाहिने बताएका हुन् । उनले विकसित राष्ट्रमा विकासका नाममा बनेका गाइडलाइन नेपालको हकमा कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ ।

‘अति जटिल पुल, सुरुङ या ट्र्याकमा अन्तर्राष्ट्रिय कन्सल्टेन्ट चाहिन्छ’, राईले भने,‘त्यसमा मात्र ९० को इभालुएसन राख्नुस् ।’ साथै उनले अति जटिल कामहरू र सहजै हुने विकासका काममा सोही अनुसारको प्रावधान राख्नुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *