सुरक्षण मुद्रण केन्द्रका विकल पौडेल र सफल श्रेष्ठ दोषी ठहर

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व स्टिकर छपाइमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र लगत अनुमान तयार पार्ने सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले राजस्व अनुसन्धान विभागसँग सम्झौता नगरी स्टिकर छपाइको प्रक्रिया अघि बढाएर व्यक्तिगत लाभ लिएको ठहर गरेको हो ।

उनीहरूले प्रिन्टसेललाई पेस्की भुक्तानी दिँदा तीन करोड २२ हजार ८०० हानी नोक्सानी पुर्‍याएको ठहर गर्दै इजलासले सजाय निर्धारणका लागि यही कात्तिक २५ गतेको पेसी तोकेको छ । यस्तै, राजस्व स्टिकर छपाइको परियोजना गलत नियतका अधिकारीमाथि मुद्दा लागेकै कारण नरोक्न पनि विशेष अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *