पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ
काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठकले बताए । ९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।