प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।