उपनिर्वाचनमा सत्ता साझेदार दलसँग सहकार्य नगर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदारबाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो । बैठकले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो । समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् । २०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भएपनि हाल यादव मोर्चाबाट अलग भइसकेको छ । तर, हाल समाजवादी मोर्चा सक्रिय छैन । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार स्थानीय तह उपनिर्वाचनअघि मोर्चाका नेताहरुबीच छलफल चलाउने तयारी रहेको छ । तर, सत्ता साझेदार दलसँग भने उपनिर्वाचनको सन्दर्भमा छलफल र सहकार्य नगर्ने माओवादीले जनाएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको माहोल देशभर राम्रो हुँदै गएको बताएका थिए । उनले चुनाव जित्ने सम्भावना रहेको संश्लेषण गर्दै उनले माओवादी केन्द्रको पक्षमा नतिजा निकाल्ने गरी अझै मिहिनेत गर्न नेताहरुलाई निर्देशन दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *