श्रीलंकाको संसदीय निर्वाचनमा वामपन्थी गठबन्धन विजय

काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वामपन्थी गठबन्धन नेशनल पीपुल्स पावर (एनपीपी) ले कुल १९६ मध्ये १५९ सिट सहित दुई तिहाई बहुमत हासिल गरेको छ । यसअघि २२ सेप्टेम्बरमा वामपन्थी नेता दिसानायके श्रीलंकाका राष्ट्रपति चुनिएका थिए । उनले भ्रष्टाचारविरुद्ध लड्ने र श्रीलंकाले व्यहोरिरहेको आर्थिक संकटबाट बाहिर निकाल्नका लागि बहुमत आवश्यक भएको भन्दै संसदको मध्यावधि निर्वाचनमा होमिएका थिए । अब समानुपातिकतर्फको सिट संख्या जोड्दा एनपीपीको १६० सिट पुग्ने प्रारम्भिक अनुमान छ जुन दुई तिहाइभन्दा बढी हुनेछ ।

निवर्तमान विधानसभामा जम्मा ३ सिट जितेको एनपीपीले दुई तिहाई सिट जितेर ऐतिहासिक नतिजा निकालेको छ । दुई तिहाई बहुमतले दिसानायकेलाई कार्यकारी अध्यक्षता खारेज गर्ने प्रक्रिया सुरु गर्ने अधिकार समेत दिनेछ यद्यपि विश्लेषकहरूले यो चिन्ताको विषय नभएको र प्राथमिकतामा पर्ने सम्भावना नरहेको बताउँछन् । सन् २०२२ मा श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिएका बेला तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्यूत गरिएको थियो । त्यसपछि भएको निर्वाचनबाट राष्ट्रपति बनेका दिसानायकेले पहिलोपटक सत्ताको नेतृत्व सम्हाल्दै भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने घोषणा गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *