कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेबाट मानन्धरले गराए उम्मेदवारी दर्ता
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट कीर्तिपुर नगरपालिका–१ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।